प्रदेश सांसद् बेची लुंगेलीले बाँडिन बुंगुरका पाठा

प्रदेश सांसद् बेची लुंगेलीले ४० विपन्न परिवारलाई बुंगुरको पाठा वितरण गरेकी छिन् ।

आज (शनिबार) र हिजो (शुक्रबार) दुई दिने कार्यक्रम गरी लालबन्दी र हरिपुर नगरपालिकाका ४० विपन्न परिवारलाई बुंगुरको पाठा वितरण गरिएको प्रदेश सांसद् लुंगेलीले जानकारी दिईन् । लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारको आर्थिक उन्नतीमा टेवा पुगोस् भनेर ४० परिवारलाई बंगुरको पाठा प्रदान गरिएको लुंगेलीको कथन थियो ।

संसदीय निर्वाचन क्षेत्र विकास कोषको बजेटबाट विपन्न परिवारलाई बुंगुरको पाठा वितरण गरिएको लुंगेलीले जानकारी दिईन् । संपूर्ण लाभग्राही परिवारलाई पशु स्वास्थ्यकर्मी उद्यव तिमल्सिनाद्वारा बुंगुर पाल्ने उपाय लगायत बारेमा अभिमुखीकरण गराएर मात्र पाठा दिईएको सांसद् लुंगेलीले बताईन् । लुंगेलीका अनुसार कोषको बजेटबाट भोली (आइतबार) लालबन्दीमा खेलकुद सामग्री समेत वितरण गर्ने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।