सर्लाहीमा थप ५७ जनामा कोरोना संक्रमण संक्रमितकाे संख्या, ४७० पुगे
सर्लाहीमा सुक्रवार एकै दिन थप ५७ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार हरिवन नगरपालिकामा २९, विष्णु गाउँपालिकामा १०, ब्रम्हपुरी गाउँपालिकामा २, ईश्वरपुर नगरपालिकामा ४, हरिपूर्वा नगरपाकिलामा ३, बसबरिया गाउँपालिकामा ४ र पर्सा गाउँपालिकामा २ जना संक्रमित थपिएका हुन् । ५७ संक्रमित थपिएँसगै सर्लाही जिल्लाभर संक्रमितको संख्या ४७० पुगेको छ ।
सर्लाहीमा पछिल्लो समय कोरोना संक्रमित थपिँदै गएपनि सर्तकता भने अपनाइएको छैन् । सावधानी अपनाउनु पर्ने अवस्था आइरहँदा मानिसहरु झन लापरवाही किसिमले जथाभावी हिँड्डुल गर्न थालेका छन् भने प्रशासन र पालिकाको निर्णय तथा आग्रह विपरीत भीडभाड गरेर बजारहरु खोल्न थालिएका छन् ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।