दैनिक कोरोना संक्रमित थपिँदै गइरहेकाे सर्लाहीमा आज (बिहिवार) भने पोजिटिभ केश शुन्य रहेको छ ।
स्वाब परीक्षणका क्रममा आज सर्लाहीका कसैमा पनि कोरोना संक्रमण पाइएको छैन् । राष्ट्रिय प्रयोगशालाले पोजिटिभ केश आएपछि मात्रै जानकारी गराउने गरेको तर बिहिवार भने जिल्लाको पोजिटिभ केशबारे कुनै सूचना नआएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा सर्लाहीमा ४ जना संक्रमित थपिएको उल्लेख गरेपनि पुष्टी नभएको प्रमुख जिल्ला अधिकारी जिसीको भनाई छ । स्वाब परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आउनेको २-३ दिनपछि मात्रै जानकारी प्राप्त हुने भएकाले सर्लाहीका कति जनाको बिहिवार स्वाब परीक्षण भयो भन्ने ? जानकारी समेत तत्काल प्राप्त नहुने प्रजिअ जिसीले बताए । जनकपुरको ल्याबमा परीक्षण गर्ने क्रममा समस्या आएपटि टेकुस्थित केन्द्रीय ल्याबमा पठाइएको सर्लाहीका केही स्वाबको दुई सातासम्म पनि रिपोर्ट आउन सकेको छैन् ।
जनकपुरबाट विभिन्न ठाउँका स्वाब एकै ठाउँमा राखेर लापरवाही किसिमले पठाउँदा रिपोर्ट आउन ढिलाई भएको हो । अहिलेसम्म पीसीआर विधीबाट स्वाब परीक्षण गर्दा सर्लाहीमा ४ सय १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । लालबन्दी नगरपालिका बाहेक सर्लाहीका अरु सबै पालिकाहरुमा कोरोना संक्रमित भेटिएका छन् । दिनहुँ संक्रमित थपिँदै जाँदा उनीहरुलाई बेग्लै राखेर सरसफाई, खानपिन र सुत्नेबस्ने ठाउँको प्रवन्ध गर्न अप्ठेरो परिरहेको छ ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।