मलंगवामा माछामासु पसलदेखि स्टेशनरी दुई घण्टा खोल्न दिने

मलंगवा – सर्लाही सदरमुकाम मलंगवा बजारमा आजबाट माछामासु पसलदेखि स्टेशनरीसम्म दैनिक २ घण्टा खोल्न अनुमति दिइएको छ ।
शनिवार बसेको जिल्ला स्तरीय क्राईसिस मेनेजमेन्ट सेन्टरको बैठकले हरेक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म भौतिक दूरी कायम गरी खाद्यान्न, माछामासु, फलफूल तथा तरकारी, कृषि बीउबिजन र पाठ्यपुस्तकको बिक्री वितरण गर्ने पसल खोल्न दिने निर्णय गरेको हो । औषधि, ग्याँस र दुध तथा दुधजन्य पदार्थको बिक्री वितरण गर्ने पसललाई भने जुनसुकै बेला खोल्न दिने निर्णय भएको मलंगवा नगरपालिकाका मेयर निरसल साहले उज्यालो अभियानलाई जानकारी दिए ।
मेयर साहका अनुसार जिल्लाका अन्य पालिकाहरुलाई पनि अहिलेको अवस्था मध्यनजर गरी उपयुक्त समय तोकेर अत्यावश्यक वस्तुको बिक्री वितरणको व्यवस्था मिलाउन आग्रह गर्ने निर्णय गरेको छ । शनिवारबाट नै सर्लाहीको दक्षिण–पश्चिम भेगको प्रमुख व्यापारिक केन्द्र बरहथवा बजारमा पनि बिहान ८ः३० बजेसम्म खाद्यान्नको पसल व्यवसाय खोल्न थालिएको छ ।
निरन्तरको लकडाउनले कष्टकर बनेको जनजीवन सामान्य पार्ने उद्देश्यले भीडभाड नहुने गरी बिहानीपख खाद्य वस्तु किनमेलको व्यवस्था मिलाइएको बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले बताए ।
जिल्लामा पछिल्लो समय मुख्य बजार क्षेत्रका खाद्यान्न पसल तथा ग्रामीण भेगका हाट बजार खोल्न थालिएका छन् । तर जनजीवन सामान्य पार्ने नाममा भौतिक दूरी कायम नगरी भीडभाड गरेर बजार राख्दा जोखिम बढेको भन्दै चिन्ता व्यक्त भइरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।