कोरोना कोभिड १९को संक्रमण र लकडाउन लाई लक्षित गर्दै सर्लाही ईश्वरपुर निवासी एक महिला नेत्री ले सुचना र संचार को क्षेत्रमा अहोरात्र खटिने पत्रकार का लागि प्रेस ज्याकेट सहयोग गर्नु भएको छ ।
सर्लाही ईश्वरपुर घर भै कर्मथलो काठमाण्डौ बनाउनु हुने नेकपा महिला नेत्री शुशिला बस्नेत भण्डारी ले प्रेस अंकित ज्याकेट सर्लाही मा क्रियाशिल प्रेस संगठन मा आबद्द पत्रकार का लागि १०थान ज्याकेट प्रदान गर्नु भएको हो ।
भण्डारि ले नेकपा का युवा नेता सर्लाही लालबन्दी निवासी श्याम श्रेष्ठ मार्फत प्रेस संगठन नेपाल सर्लाही का संयोजक अच्युतम सापकोटा लाई प्रदान गर्नु भएको सह संयोजक प्रेमनाथ पौडेल ले जानकारी दिनु भयो । पत्रकाहरुलाई काम गर्न हौसला जागोस भन्ने उद्धेश्यले आफुले थोरै भएपनि सहयोग स्वारुप प्रेस ज्याकेट सहयोग गरेको भण्डारीले बताउनु भयो ।
सहयोगि मन कि धनी नेत्री भण्डारि लाई ज्याकेट प्रदान गरेर सहयोग पुर्याउनु भएको प्रती प्रेस संगठन नेपाल सर्लाही का संयोजक सापकोटा का साथै सर्लाही परिवार ले धन्यबाद प्रदान गरेको छ ।