लकडाउनमा महिनावारी स्वच्छता सम्बन्धी छलफललाइ निरन्तरता

सर्लाही, वैशाख २४
कोरोना भाइरसका कारण जारी रहेको लकडाउनको समयमा किशोरीहरुलाई आउन सक्ने समस्यालाई मध्यनजर गरेर महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी छलफल गर्दै पूर्ण सरसफाईको अभियान सर्लाहीमा निरन्तरता दिइएको छ ।
लकडाउनको समयमा सहज रुपमा सरसफाईका सामाग्री पाउन गाह्रो हुने भएकोले घरायसी रुपमा उपलब्ध सामाग्रीलाई प्रयोग गरेर पनि महिनावारी स्वच्छतालाई व्यवस्थापन गर्न सकिने कुरामा पनि जोड दिइएको थियो । यसैगरी लकडाउनमा किशोरी तथा महिलाहरु विभिन्न प्रकारको लैंगिक हिंसाको चपेटामा पर्न सक्ने जोखिम रहेको र यस्तो हिंसाबाट सुरक्षित रहन आफूले कस्तो प्रकारको सावधानी अपनाउनु पर्छ भन्ने बारेमा पनि छलफल गरिएको थियो ।
बागमती सेवा समाज नेपालका टिम लिडर गजेन्द्र साहका अनुसार लकडाउनको समयमा पनि किशोरीहरुको सुरक्षालाई ध्यान दिंदै महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी छलफल, अन्तरक्रिया कार्यक्रम सर्लाही जिल्लाको हरिवन नगरपालिका, इश्वरपुर नगरपालिका र बासबरिया गाउँपालिकामा संचालन भइरहेको जानकारी दिनुभयो ।
“महिनावारीको समयमा किशोरीहरुमा शारीरिकसँगै मानसिक समस्या पनि आउन सक्छन् भने महिनावारी र सरसफाई पनि झनै महत्वपूर्ण कुरा हुन् ।” टिम लिडर साहले भन्नुभयो “यस्तो बेलामा कसरी सरसफाई गर्ने र प्रयोग गरिएका प्याडको घरायसी तवरमा उचित व्यवस्थापन कसरी गर्ने भन्ने कुरालाई छलफलमा जोड दिएका छौं ।”
बागमती सेवा समाज नेपाल सर्लाहीद्वारा ग्लोबल स्यानिटेशन फण्ड÷युएन ह्याविट््याटको सहयोगमा सर्लाही जिल्लाको हरिवन नगरपालिका, इश्वरपुर नगरपालिका र बासबरिया गाउँपालिकामा संचालन भइरहेको पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत सामाजिक दुरीलाई कायम राख्दै आयोजना गरिएका यस प्रकारका छलफल कार्यक्रम निकै फलदायी रहेको अनुभव कक्षा ७ मा अध्ययनरत हरिवन ८ का सहभागी उपासना खरेलको रहेको छ ।
“महिनावारीका बारेमा खुलेर छलफल गर्न पाइयो र सरसरफाईमा विशेष ध्यान दिनु पर्छ भन्ने थाहा भयो ।” उनले थपिन् “यो कुरा अब परिवारमा आमा, दिदीलाई पनि सिकाउनेछु ।”

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।