हिउँदे मकैमा पनि फौजी किराको प्रकोप

सर्लाहीमा अमेरिकन फौजी किराले हिउँदे मकै बाली नष्ट पार्न थालेपछि किसान चिन्तित भएका छन् । किसानले हिउँदे नगदे वालीका रुपमा सयौँ बिगाहमा लगाएको मकै बाली फौजी किराले नष्ट पार्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

जिल्लाको पत्थरकोट, कर्मैया, ढुंग्रेखोला, शंकरपुर, राजघाट, हजरिया, बरहथवा, मुर्तिया, जानकीनगर लगायत बिभिन्न ठाउँका किसानले ब्यावसायिक रुपमा मकै खेती गर्दै आएका छन् । बिगतका बर्षहरुमा फौजी किराको प्रकोप देखिएको थिएन् । यस बर्ष भने मकै, धान लगायत अन्य बालीमा पनि अत्यधिक रुपमा किराको प्रकोप देखिएको किसानले गुनासो गरेका छन् ।
किसानको सयांै बिगाह क्षेत्रफलमा लगाइएको मकै फौजी किराले खाएर नष्ट पारेको लालबन्दी नगरपालिका–१२ का वडाध्यक्ष दुर्गा आले मगरले जानकारी दिए ।

यसरी किराको प्रकोपले मकैबाली सखाप पार्न थालेपछि एग्रोभेटबाट किनेर लगेको बिषादी छर्दा समेत किरा नियन्त्रण नभएको लालबन्दी–१२ जियाजोरका किसान बालकिशोर थापाले निरास हुँदै भने, दुइ बिगाहामा लगाएको मकैको पात किराले खाएर आधा सरो ठुटो बनाएको छ, आधा चाही बिरुवा नै मरेको छ । किरा मार्ने बिषादी तीन पटक लगाइसके पनि किरा नपरेको र प्रकोप झन बढेको उनले बताए ।

त्यस्तै थापाको जस्तै बिजोग छ बरहथवा नगरपालिका–५, का किसान लालबहादुर पाख्रिनको पनि । एक बिगाहमा लगाएको मकै किराले खाएर नष्ट पार्न थालेपछि चारपटक बिषादी छरे तर नियन्त्रण भएको छैन, पाख्रिनले भने, यस्तो किसिमको किरा त कहिले देखिएको थिएन । उनले किराले हरेक बाली सखाप पारेपछि के खाने ? भन्ने चिन्ताले सताएको गुनासो गरेका छन् ।
किराले मकैको विरुवा खाएर सखाप पारेपछ् िलालबन्दी नगरपालिका–१२ जियाजोरका किसान जीवनाथ मैनाली अर्को बाली लगाउने तयारीमा छन् । दुइ बिगाहमा चालिस हजार खर्च लगाएर मकै रोपे तर वालुवामा पानी खन्याए झै भयो, मैनालीले दुःखेसो पोख्दै भने, कस्तो किरा आयो कस्तो बिषादीले पनि मर्दैन ।

कृषि ज्ञान केन्द्र मलंगवा, सर्लाहीका प्रमुख देवानन्द रायका अनुसार फौजी किराले शुरुमा मकैको नरम भाग गुवाबाट खान शुरु गरेर पुरै मकैको बोटनै ठुटो हुने गरी खाने बताए । किराले बिस्तारै डाठको भित्रीभाग सम्म खाँदै जानाले बिरुवानै मर्ने गर्छन् । रायले रातको समयमा किरा बढि सक्रिय हुने भएकाले साँझपख बिषादी छर्कन किसानलाइ सुझाव दिएका छन् । सर्लाहीमा ब्यावसायिक रुपमा दश हजार हेक्टर जमिनमा उन्नत जात (हाइब्रिड) मकै खेती हुने गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।