राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टरको मृत्यु

सर्लाहीको ईश्वरपुर नगरपालिका(९, खोरिया टोलमा मंगलबार राति मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक प्रहरी निरीक्षक ९इन्स्पेक्टर० को ज्यान गएको छ ।
मलंगवामा रहेको कार्यालयबाट राति घरतर्फ आउँदै गर्दा बागमती प्रदेश ०२(०१६ प ००७१ नम्वरको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर २९ वर्षीय वसन्त साहको ज्यान गएको हो । ईश्वरपुर नगरपालिका(६, बयलवास बजार निवासी साह फूलजोर(त्रिभुवननगर सडक अन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा बुधबार बिहान फेला पर्नुभएको प्रहरीले जनायो।
सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनास्थलको प्रकृति मुचुल्का संकलन भइरहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, एसपी सुवेदी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सन्तोष ढुंगेलसहित सुरक्षा अधिकारीको टोली अहिले घटनास्थमा घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया