हरिपुर नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

हरिपुरमा -९ वटै वडा तथा पालिका स्तरमा भए गरेका काम, कारवाही एवं सेवा सुविधाका बारेमा आइतबार नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।

नगरपालिकाको आफ्नै प्राङ्गणमा नेपाल पत्रकार महासंघ सर्लाहीसँग समन्वय गरी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागी भई विद्यार्थी, शिक्षक, सर्वसाधारण, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतले वडा तथा नगरबाट भए गरेका विभिन्न विकास निर्माणका काम, सेवा, सुविधा, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकासलगायतका क्षेत्रमा गरिएका कामबारे जिज्ञाशा राखेका थिए ।

ति जिज्ञाशाको नगरप्रमुख गोपाल पञ्जियार, उपप्रमुख निलमदेवी राय यादव, प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल, वडाध्यक्षलगायत भएर सम्वोधन गरे । प्रमुख प्रशासकीय अधिकृत भुजेलले वडा तथा नगरबाट भएका प्रत्येक गतिविधि नगरवासीले थाहा पाऊन् भन्ने उद्देश्यले स्थानीय सरकार संचालन ऐन अनुसार सार्वजनिक सुनुवाई गरिएको बताए । नगरबाट विविध शिर्षकमा बजेट विनियोजन भई यो आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न भएका तथा चालू अवस्थामा रहेका मुख्य योजना, नगरका सेवा सुविधालगायतबारे प्रमुख प्रशासकीय अधिकृत भुजेलले प्रष्ट पारेका छन्  ।

नगरप्रमुख पञ्जियारले सार्वजनिक सुनुवाईमा आएका गुनासो तथा सल्लाह सुझावलाई मनन् गर्दै आगामी दिनमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल, शिक्षाशाखा प्रमुख नागेश्वर राय, लगायत संचारकर्मी तथा स्थानीय जनताहरूकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया