साताैं राजर्षि जनक कप आजदेखि सुरु, बागमती नगरपालिकामा आज स्थानीय बिदा

बागमती, – सर्लाहीको बामगतीमा आज (बुधबार) देखि सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

बागमती नगरपालिका–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित प्रतियोगिताको आज दिउँसो उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने आयोजक बागमती युवा क्लबले जनाएको छ । क्लबका अध्यक्ष किस्मतराज मैनालीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा जाउलाखेल यूथ क्लब र सशस्त्र प्रहरी बल ९एपीएफ० बीच प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धाका लागि जाउला खेलका खेलाडी चन्द्रनिगाहपुर र सशस्त्र क्लबका खेलाडी हरिवनमा आएर बसिसकेका छन् ।

प्रतियोगितामा आयोजक बागमती युवा क्लब समेत गरी १२ वटा क्लबले सहभागिता जनाउने छन् । जसमा एक विदेशी क्लब समेत रहेको क्लबका अध्यक्ष मैनालीले बताए ।

प्रतिक्रिया