प्रदेशसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) की लुङ्गेली निर्वाचित

सर्लाहीको क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली निर्वाचित हुनुभएको छ । सत्ता गठवन्धनको साझा उम्मेदवार रहनुभएकी लुङ्गेली १३ हजार ६७७ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालकी शान्ति कुमारी लामाले ६ हजार ९७५ मत पाउनुभयो । प्रदेशसभा सदस्यमा निर्वाचित लुङ्गेली सर्लाही १ (ख) का निवर्तमान सांसद समेत हुनुहुन्छ ।

लुङ्गेली ६ हजार ६९९ मतान्तरले दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । लुङ्गेलीसँग पराजित विपक्षी गठवन्धनको तर्फबाट एमालेकी लामा लालबन्दी नगरपालिकाको निवर्तमान उपप्रमुख हुनुहुन्छ ।

यहाँ स्वतन्त्र उम्मेदवार राजन कुमार श्रेष्ठ तेस्रो हुनुभयो । श्रेष्ठले ५ हजार ९४५ मत प्राप्त गर्नुभयो । श्रेष्ठ लालबन्दी नगरपालिका–८, को निवर्तमान वडाध्यक्ष हुनुहुन्छ ।

क्षेत्र नं. १ (ख) मा कूल खसेको ३७ हजार ९७२ मतमध्ये ३६ हजार ७१८ मत सदर र १ हजार २५४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया