सर्लाहीमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना भैरहेको छ

सर्लाहीमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना भैरहेको छ । माओवादीले क्षेत्र नम्बर २ र ३ मा अग्रता लिएको छ । क्षेत्र २ मा माओवादी केन्द्रका महेन्द्र राय यादवले १ हजार ८२५ मत प्राप्त गरी अग्रता लिएको छ, भने लोसपाका राजेन्द्र महतोले १ हजार १३१ मत ल्याइ उनलाइ पछ्याइ रहेको छ भने नेकपा एमालेका राजनारायण साहले ९ सय १६ मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ । त्यस्तै क्षेत्र ३ मा माओवादी केन्द्रका नरेन्द्र साहले ४ हजार ४६१ मत प्राप्त गरी अग्रता लिएको छ भने नेकपा एमलेका हरी प्रसाद उप्रेतीले ३ हजार ३५७ मत प्राप्त गरी उनलाइ पछ्याइ रहेका छन् ।

क्षेत्र–१ मा लोसपाका राम प्रकाश चौधरी ३ हजार ७०३ प्राप्त गरी अग्रता लिइरहेको छ, भने उनलाइ स्वतन्त्रका मानबहादुर खड्काले ३ हजार ५६३ मत प्राप्त गरी पछ्याइरहेका छन् । जसपाका प्रमोद साह २ हजार ६३३ मत प्राप्त गरेका छन् ।

क्षेत्र ४ मा पछिल्लो मत परिणाम अनुसार स्वतन्त्रका अमरेश कुमार सिंहले २हजार २५८ नेपाली काागेसका नागेन्द्र राय २ हजार २५३ र स्वतन्त्रकै मधुमाला यादवले १ हजार ६३२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया