हरिवनका महिला जनप्रतिनिधिलाई आत्मविश्रवास र नेतृत्व विकाश तालिम सुरु

सर्लाहीको हरिवन नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई आत्मविश्रवास र नेतृत्व विकाश तालिम सुरु गरिएको छ ।

आईफिएस नेपालको प्राविधिक सहयोगमा, स्विस सरकार विकास सहयोग (एसडिसि) र अस्टे«लिन सरकारको आर्थिक सहयोगमा सुरु कार्यक्रमलाई माण्डवीले सहजिकरण गरेको छ ।  यो कार्यक्रम मधेश प्रदेशको बारा, रौतहट् ,सर्लाही, महोत्तरी र धनुषागरी ५ वटा जिल्ला मा सचालन भैरहेको छ।

कार्यक्रम अधिकृत मनिल श्रेष्ठ को अध्यक्षता मा भएको कार्यक्रमका प्रमुख अतिथि हरिवन नगरपालिकाको उप प्रमुख हरिमाया घलान रहनु भयको थियो भनी सहज कर्ता को रुपमा रमा पौडेल र प्रभु चौधरी रहनु हुनेछ। यस परियोजनाले कार्यक्रम सञ्चालन भएका पालिकाहरूमा निर्वाचित महिलाहरूको योजना तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताका लागि समग्र क्षमता सुदृढीकरण हुने विस्वास संस्थाले लिएको छ।

कार्यक्रमले आत्मविश्वासको विकाससँगै सीप र ज्ञानको क्षमता आफूलाई दृढताका साथ बढाउने विश्वास लिइएको छ। हरिवन नगरपालिकाभरिबाट २१ जनाको सहभागित कार्यक्रममा छ।कार्तिक २ गतेबाट सुरु गरेको कार्यक्रम ५ गते समापन हुनेछ।

प्रतिक्रिया