सर्लाहीमा ३ बालबालिका सहित २३ जना कोरोना संक्रमित

सर्लाहीमा कोरोना संक्रमितका बिरामी बढेर ५ सय भन्दा बढि पुगेको छ ।

आज सोमवार मात्र १ जना बालक र २ जना बालिका सहित एकै दिन २३ जना कोरोना संक्रमित बिरामी थपिएका छन् । सबैभन्दा बढि बलरा नगरपालिकामा १५ जना, हरिपुर नगरपालिकामा ७ जना र हरिपुर्वा नगरपालिकामा १ जना गरी जम्मा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

जस मध्ये १ बालक र २ बालिका रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए । यो सँगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या ५ सय १० पुगेको छ ।

यसैगरी ५१० कोरोना संक्रमित मध्ये ६१ जना उपचार पछि घर फर्किसकेको प्रजिअ जिसीले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।