सर्लाहीमा थपिए १७ जना कोरोना संक्रमित

सर्लाहीमा शनिवार थप १७ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टी भएको छ ।
भारतसँग सीमा जोडिएको पर्सा गाउँपालिकाका १२ जना, विष्णु गाउँपालिकाका चार जना र कौडेना गाउँपालिकाका एक जनामा कोरोना सङ्क्रमण पुष्टी भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जनाए । सङ्क्रमित सबै भर्खरै भारतबाट आएका हुन् । उनीहरु १६ देखि ४० वर्ष उमेरसम्मका छन् । पर्सा गाउँपालिकाका १२ जना सङ्क्रमितमध्ये तीन जना महिला रहेका छन् ।
सम्वन्धित पालिकाहरुको क्वारेन्टाइनमा रहेका सङ्क्रमितहरुलाई सदरमुकाम मलङ्गवामा रहेको सन्त अल्पाईन राम नारायण यादव नर्सिङ्ग कलेजको भवनमा निर्माण गरिएको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । तर सङ्क्रमितलाई आइसोलेसनमा लान अहिले साँझ (शनिवार साँझ)ं सम्म एम्बुलेन्स पाइएको छैन् ।

पर्सा गाउँपालिकाका १२ जना सङ्क्रमितलाई एम्बुलेन्स नपाएपछि गाडीमै राखेर आइसोलेसनमा पठाउन लागिएको गाउँपालिका अध्यक्ष किसुनदेव रायले उज्यालो अभियानसँग बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।