हरिवन नगरपालिकाले नगर क्षेत्र भित्रका सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीलाई घर घरमै पुगेर वितरण गर्ने भएको छ ।
नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले वृद्ध, एकल महिला, अपांग लगायतलाई घर घरमै पुगेर भत्ता वितरण सुरु गरिएको जानकारी दिए । ‘विशेषगरी ११ वर्ष मुनीका बालबालिका र ७० वर्ष माथिका ज्येष्ठ नागरिकमा कोरोना भाईरस संक्रमणको जोखिम बढी हुने भएकाले सामाजिक सुरक्षा भत्ता घर घरमै पुगेर वितरण गर्ने निर्णय गरिएको छ जनप्रतिनिधिहरुको रोहबरमा स्थानीय बैंकहरुले घर घरमै पुगेर भत्ता वितरण गरियको छ ।
यसअघि त्यस्तो भत्ता नगरपालिकाले स्वयं सेवाग्राहीकै बैंक खातामा हालिदिने र सेवाग्राहीले बैंकमा पुगेर झिक्ने गर्दथे । लकडाउनको अवस्थामा सेवाग्राही आफै बैंकमा आउँदा बढी भिडभाड हुने र कोरोना भाईरस संक्रमणको जोखिम बढ्ने भएकाले घर घरमै पुगेर भत्ता वितरण गरिएको मेयर प्रसाईंले जानकारी दिए । लकडाउन जारी भएको दुई महिना बितिसक्दा समेत घरमै बसेर सहयोग गर्ने भत्ता पाउने सम्पूर्ण सेवाग्राहीलाई थप केही दिन धैर्यधारण गर्न समेत मेयर प्रसाईंले आग्रह गरेका छन् ।