पूर्वसांसदद्वाराले दिय सर्लाहीका दुई नगरपालिकालाई स्यानिटाइजर बुथ

पूर्वसांसद नरेन्द्र साहले सर्लाहीका दुई स्थानीय तहलाई स्यानिटाइजर बुथ प्रदान गरेका छन्।

साहले बरहथवा र हरिवन नगरपालिकालाई व्यक्तिगत तर्फबाट स्यानिटाइजर बुथ प्रदान गरेका हुन्। पूर्व सांसद् साहका प्रतिनिधि रोशन लामा र श्यामबाबु यादवले क्रमशः बरहथवा नगरपालिका र हरिवन नगरपालिकालाई एक–एक थान सेनिटाईजर बुथ प्रदान गरेका हुन् । लामाले बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो तथा यादवले हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंलाई बुथ हस्तान्तरण गरेका थिए । काठमाडौंमा अर्डर गरेर बनाईएको बुथ सम्बन्धित नगरपालिकाले भनेकै स्थानमा राखिदिएको हाल काठमाडौंमा रहेका पूर्व सांसद् साहले टेलिफोनबाट जानकारी दिए ।

बजार क्षेत्रमा राखिने ती मेसिनले मानिसलाई स्यानिटाइज्ड गर्ने साहले बताए। टनेलमा मेसिनको माध्यमबाट मानिसको शरीरलाई डिसइन्फेक्सन गरिनेछ।

सर्लाहीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा स्थानीयलाई त्यसबाट बचाउने उद्देश्यले स्यानिटाइजर बुथ प्रदान गरेको पूर्वसांसद साहले बताए। मेसिनसँगै त्यसमा लाग्ने स्यानिटाइजरसमेत दुवै नगरपालिकालाई उपलब्ध गराएको साहका प्रतिनिधि श्यामबाबु यादवले जानकारी दिए।

टनेलको प्रयोगले कोरोना संक्रमण फैलने जोखिम कम हुने हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले बताए। ‘यस्तो विपत समयमा उहाँले अत्यन्त महत्वपूर्ण मेसिन प्रदान गर्नुभएको छ,’ साहको प्रशंसा गर्दै प्रसाईंले भने।

यसअघि पनि विभिन्न सहयोग गर्दै आएका पूर्व सांसद् साहको यो सहयोगले कोरोना भाईरस संक्रमण न्युनिकरणमा निकै टेवा पुग्ने भन्दै मेयर प्रसाईंले उनीप्रति आभार समेत प्रकट गरे ।

जिल्लाकै बरहथवा नगरपालिका अन्तर्गत हिरापुर निवासी साह २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सभासद् थिए । २०७४ सालको प्रतिनिधि एवं प्रदेश सभा निर्वाचन अन्तर्गत क्षेत्र नं। ३ बाट संघीय सांसद्मा स्वतन्त्र उम्मेद्वारी दिएका साह पराजित भएपछि पनि निरन्तर निर्वाचन क्षेत्र भित्र विभिन्न खाले विकास निर्माण सहित रचनात्मक सहयोगमा लागि पर्दै आएका छन् । साहले हरिवन, बरहथवा लगायत महत्वपूर्ण व्यापारिक स्थलमा सिसी टिभी क्यामेरा जडान, सुरक्षाकर्मीलाई साईरन साईकल प्रदान, विभिन्न भौतिक पूर्वाधार निर्माण, सरसफाईका लागि निर्वाचन क्षेत्र भित्रका स्वास्थ्य, शिक्षा लगायत सार्वजनिक संस्थाहरु एवं सार्वजनिक स्थानका लागि आधुनिक डस्टविन प्रदान जस्तो सहयोग गरिसकेका छन् । बाढी, आगलागी जस्तो प्रकोपबाट पीडित परिवारलाई समेत राहत सामग्री प्रदान गर्दै आएका साहले यसअघि नै कोरोना भाईरसको संक्रमण न्युनिकरणमा सकृय जिल्ला विपद् व्यवस्थापन समिति, निर्वाचन क्षेत्र भित्रका स्थानीय तह, संचारकर्मी लगायतलाई मास्क, सेनिटाईजर सहित लकडाउनबाट पीडितलाई राहत समेत प्रदान गरेका छन् । पर्यटन व्यवसायी समेत रहेका साहको जिल्लाबासीलाई सहयोग गर्न पाउँदा आफूलाई निकै आनन्द महसुस हुने तर्क छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।