बजेट पारित नहुँदा सर्लाहीका २ पालिकामा शिक्षकले तलब पाएनन्

बजेट पारित नहुँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका शिक्षक र कर्मचारीको तलब रोकिएको छ ।

हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार शाहले नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पारित हुन नसकेकोले कर्मचारीको तलब दिन समस्या भएको बताए ।

भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकोले अब प्रकृया पुरा गरेर तिहार अगाडि तलब दिने उनको भनाइ छ । उनले भने, ‘बहुमत नपुगेर समयमा नगरसभाको बैठक बस्न सकेनौं । बल्ल नगरसभा बसेर बजेट पास गरेका छौं । तिहार अगाडि प्रकृया पुरा गरेर दिन्छौं ।’

विष्णु गाउँपालिकाको पनि अहिलेसम्म गाउँसभा नभएकोले बजेट पास हुन सकेको छैन । जसले गर्दा शिक्षक कर्मचारी तथा वृद्धवृद्धा, एकल महिला, अपाङ्ग लगायतको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् ।

गाउँपालिका प्रमुख जवाहरलाल यादव भने चार चार महिनामा तलब तथा सामाजिक सुरक्षा भत्ता दिन ढिलाइ नभएको बताएका छन् । ‘हामीले विभिन्न कारणले गाउँसभाको बैठक बस्न सकेका छैनौं तर अब दशैं लगत्तै बस्ने तयारी छ’, उनले भने, ‘हाम्रो चौमासिक तलब दिन्छौं त्यसैले ढिला भएको छैन । अर्को तिहार तथा छठ विशेष भएकोले समयमा शिक्षक, कर्मचारीले तलब पाउनुका साथै सामाजिक सुरक्षा भत्ता वितरण गरिन्छ ।

दशैं लगत्तै गाउँसभाको बैठक बसेर शिक्षक, कर्मचारीको तलबका साथै सामाजिक सुरक्षा भत्ता तिहार अगाडी तलब दिइसक्ने दाबी गरे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।