सर्लाही । गुटगत विवादका कारण सबै वडाको अधिवेशनसमेत हुन नसकेको सर्लाहीमा कांग्रेसको क्षेत्रीय अधिवेशन सोमबार कडा सुरक्षाबीच गराउने प्रयास थालिएको छ ।
हरेक क्षेत्रीय अधिवेशन स्थलमा डेढ सयभन्दा बढी सुरक्षाकर्मी खटाइएका छन् । कांग्रेसको क्षेत्रीय अधिवेशन सुरक्षाका लागि सुरक्षाकर्मी नपुगेर बाहिरबाट मद्दत झिकाइएको छ ।