रौतहटमा कोरोनाका कारण एक स्वास्थ्यकर्मी सहित ३ को मृत्यु

रौतहटमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ जनाको मृत्यु  भएको छ । मृत्यु हुने स्वास्थ्यकर्मीमा माधवनारायण नगरपालिकाको गढो स्वास्थ्य चौकीका प्रमुख फेकन ठाकुर रहेका छन् । कोभिड–१९ बाट संक्रमित भई नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा ४८ बर्षिय उनको  गएराति मृत्यु भएको रौतहटका सिडियो इन्द्रदेव यादवले बताए । 

त्यस अघि बृन्दाबन घर भएका स्वास्थकर्मी रवि यादवको पनि तराई अस्पताल वीरगंजमा उपचारको क्रममा २ दिन अघि मृत्यु भएको थियो । यसैगरी कोरोनाकै कारण  चन्द्रपुरका ४० बर्षिय धरम राम र फतुवा विजयपुरका ४० वर्षीय अवध बिहारी राउतको पनि शुक्रबार साँझ उपचारको क्रममा भवानी अस्पताल वीरगंजमा मृत्यु भएको सिडियो यादवले बताए । 

 यसका साथै रौतहटमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३९ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।