सर्लाही बाट पनि बुझायो कांग्रेसले सरकारलाई ज्ञापन पत्र

कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सरकारको तर्फबाट भइरहेको कमजोरी औँल्याउँदै कांग्रेसले मंगलवार सर्लाहीसहित ७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाएको छ ।

केन्द्रबाट निर्धारित कार्यक्रम अनुसार मंगलवार सर्लाहीमा पनि जिल्ला प्रशासन कार्यालय मलंगवामार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको कांग्रेस सर्लाहीका सभापति एवं प्रतिनिधि सभाका सांसद नागेन्द्र कुमार रायले जानकारी दिए । अहिलेको महामारीका बेला सरकारलाई मजाक तथा ख्याल ठट्टा नगरी कमजोरी औँल्याउँदै १० बुँदे सुझाव सहितको ज्ञापन पत्र बुझाइएको काँगे्रस सर्लाहीले जनाएको हो ।

सरकारको लापरवाहीले कोरोना संक्रमण अझै व्यापक बन्दै गएको र जनमानसमा संन्त्रास फैलिँदै गएकाले सचेत बन्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । ज्ञापन पत्रमा कोरोना नियन्त्रणका क्रममा पारदर्शिता अपनाउन, राहतको व्यवस्था मिलाउन, क्वारेन्टाइनको व्यवस्थापन गर्न, बन्दाबन्दीले बेरोजगार बनेकालाई रोजगारी प्रदान गर्न, परीक्षणको दायर बढाउन, अस्पतालको व्यवस्थापन गर्न, विदेशबाट आउन चाहने नागरिकको उद्धार गर्न पनि माग गरेको छ ।

ज्ञापन पत्र बुझाउन कांग्रेस जिल्ला कार्य समितिका पदाधिकारी, पूर्व कार्य समितिका पदाधिकारी, पार्टीबाट निर्वाचित सांसद लगायत जिल्ला प्रशासन कार्यालय मलंगवा पुगेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।