हरिवन नगरपालीका भित्रका सबै पसलहरु आज [ बिहीबार] देखी बन्द हुनेछ । हरिवन उद्योग बाणिज्य संघ, नेपाल चेम्बर्स अफ कमर्स हरिवन, हरिवनका ब्यबसायि हरु हरिवन नगर प्रमुखको उपस्थितीमा बैठक बसि यस्तो निर्णय गरेको हो । बैंक बित्तीय संस्था औषधी पसल र दुध पसल मात्र संचालन गर्न दिईने त्यसमा पनि दुध पसल भने बिहान ६ बजे देखी बिहान १० बजे सम्म र दिउसो ४ बजे देखी सांझ ७ बजे सम्म मात्र खोल्न पाईने छ । तर खाद्ययान्न, ग्यास लागायतका सम्पुर्ण पसल हरु साथै अटो डांफे मटरसाईकल लगायतका सबारी साधन पनि जेठ २९ गत्ते बिहीबार देखी अषढ ३ गत्ते सम्म बन्द गरिएकोहो ।
हरिवन क्वबरेन्टाईनमा बसी स्वाब संकलन पश्चात घर पठाईएका मध्य ८ जानामा कोरोना संक्रमन देखा परेपछि संत्रास फैलीएको हुदा एक हप्ता हरिवन बजार बन्द गर्नु परेको नगर प्रमुख गणेश प्रसाईले बताउनु भयो ।
लामो बन्दा बन्दिको कारण उपभोक्ता हरु मारमा परेको हुदा हरिवन बजार केही खुकुलो पारीएको थियो तर हरिवनमै संक्रमित देखीन थालेपछि जोखिमको संभावना रहेको हुदा बन्द गर्ने निर्णय गरिएको हरिवन उद्योग बानिज्य संघका अध्यक्ष मोहन लाल श्रेष्ठले बताउनु भयो । हरिवनमा देखा परेका संक्रमित हरु सबै भारत बाट आएका हरु हुन् । जेठ १८ गत्ते २९ जानाको स्वब संकलन गरि पठाईएको थियो । मंगलबार सांझ संक्रमितको रिपोर्ट आएको हो । बाकी २१ जनाको नेटिभ आएको छ । संक्रमितका परिवार लाई क्वारेन्टाईनमा राखीएको छ । उनिहरुको बुधबारै स्वाब संकलन गरि पठाईएको प्रमुख प्रसाईले जानकारी दिनु भयो ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।