आज सर्लाहीमा २७ जना कोरोना संक्रमित थपिए, संक्रमित को संख्या चार सय नाघ्यो

सर्लाहीमा कोरोना भाईरस का संक्रमितको संख्या चार सय नाघेको छ । जिल्लामा आज वुधवार २७ जना नयाँ संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या ४ सय १३ पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले केही दिनअघि स्वाब परीक्षणका लागि पठाइएकोमध्ये आज रामनगर गाउँपालिकाका १० जना, चन्द्रनगर गाउँपालिकाका १० जना, कविलासी नगरपालिकाका ५ जना र कौडेना गाउँपालिकाका २ जनामा संंक्रमण पाइएको जानकारी दिए । सर्लाहीका ११ नगरपालिका र ९ गाउँपालिकामध्ये अब उत्तरी भेगको लालबन्दी नगरपालिकामा मात्रै संक्रमित भेटिएका छैनन् ।

दक्षिण–पूर्वी भेगको चन्द्रनगर गाउँपालिकामा पनि वुधवार पहिलो पटक संक्रमित भेटिएका छन् । संक्रमितको संख्या बढ्दै गएपछि पालिकाहरुले उनीहरुलाई आ–आफ्नै क्षेत्रमा अहिलेसम्म जसोतसो आइसोलेटेड गरेर राखिरहेका छन् ।

दिनहुँ संक्रमित थपिँदै जाँदा भने बेग्लै राखेर सरसफाई, खानपिन र सुत्नने ठाउँको प्रवन्ध गर्न अप्ठेरो परिरहेको पालिका प्रमुखहरुको गुनासो छ । यसैगरी पीसीआर परीक्षण रिपोर्ट आउन ढिलाई हुँदा क्वारेन्टाइनमा बसिरहेकाहरुलाई सम्हालेर राख्न पनि गाह्रो परिरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।