मलंगवामा एम्बुलेन्सबाट लागुऔषध चरेस बरामद

सर्लाहीमा एम्बुलेन्सको प्रयोग गरी लागुऔषध ओसारपसार भइरहेको पाइएको छ ।

सदरमुकाम मलंगवाबाट लागूऔषध चरेससहित तीन जना पक्राउ परेपछि यो रहस्य बाहिरिएको हो । सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिवार राती ११:३० बजेतिर मलंगवा नगरपालिका–८, झिलमिलियामाई मन्दिरबाट सोही ठाउँका ३७ वर्षीय राम दुलार रायलाई ८ किलो चरेससहित पक्राउ गरेको थियो ।

रायकै बयानको आधारमा अनुसन्धान गर्दै जाँदा ‘मुस्लिम यूथ हेल्प कमिटी’ मलंगवा–६, को नाममा रहेको ज १ च १४०७ नंं. को एम्बुलेन्सबाट थप १३५ ग्राम चरेस बरामद गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।

डीएसपी कुँवरका अनुसार एम्बुलेन्सका चालक मलंगवा नगरपालिका–३, का २८ वर्षीय मोहन राय यादव र सहयोगी मलंगवा नगरपालिका–४, का नथुनी ठाकुरलाई समेत पक्राउ गरिएको छ । ८ किलो चरेससहित पक्राउ परेका राम दुलार रायले एम्बुलेन्स चालक मोहन राय यादवले अन्यत्रबाट एम्बुलेन्समै हालेर ल्याई सो लागूऔषध भारतसम्म पु¥याईदिन जिम्मा लगाएको बयान दिएका छन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी कुँवरले बताए । यसैगरी धनकौल गाउँपालिका–३, बागमती नदी छेउबाट २६९ बोतल वालटेक्स नामक लागुऔषध सहित सिरहाको गोलबजार नगरपालिका–१, घरभई हाल बागमती नगरपालिका–१०, शंकरपुरमा रहेको ससुराली घरमा बस्ने ३४ वर्षीय सुनिल ठकुरी र बरहथवा नगरपालिका–५, हाथीडन्डा बस्ने २२ वर्षका इन्दल रामलाई पक्राउ गरेको छ ।

भारतबाट ज ४ प २०७४ नंं. को मोटरसाइकलमा लागूऔषध लिएर आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।