सर्लाहीमा आज तीन जना संक्रमित थपिए, जिल्लाभर संक्रमितको संख्या १४८ पुग्यो

सर्लाहीमा आज (बिहिवार) थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार धनकौल गाउँपालिकाका १९, २० र ४० वर्षीय तीन पुरुषको पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु तीनै जना केही दिनअघि भारतबाट आएर धनकौलस्थित एक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका छन् ।

आज तीन जना थपिएसँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या १४८ पुगेको छ । धनकौलमा हिजो १४ जनामा संक्रमण पुष्टी भएको भन्दै मन्त्रालयबाट विवरण प्राप्त भएपनि भुलबस रौतहटका एक जनाको यहाँको ठेगाना उल्लेख भएर आएको र १३ जनाको मात्रै पहिचान भएको धनकौल गाउँपालिका कार्यालयले जनाएको छ ।

केही दिनदेखि निरन्तर दैनिक दोहोरो अंकमा संक्रमित थपिँदै गएका भएपनि आज भने हिजो अस्तीको तुलनामा कम व्यक्ति अर्थात तीन जनामा मात्रै संक्रमण पुष्टी भएको हो । जिल्लाका विभिन्न पालिकाबाट स्वाब संकलन गरी परीक्षणका लागि पठाइको भएपनि राष्ट्रिय प्रयोगशालामा पालो पर्खिनु पर्ने भएकाले थोरै थोरैको मात्रै नजिता आइरहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए ।

उनका अनुसार पछिल्ला दिनामा थपिएका सङ्क्रमितहरुलाई सम्वन्धित पालिकामै आइसोलेटेड गरी राख्ने काम भइरहेको छ । भारतबाट आइरहेकाहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्नै हम्मेहम्मे परिरहेका बेला संक्रमित बढ्दै गएपछि थप चूनौति आइपरेको पालिका प्रमुखहरुले गुनासो गरेका छन् ।

संक्रमित ह्वात्तै बढेपछि उनीहरुलाई आइसोलेसन वार्ड तयार पारेर खानेबस्नेको व्यवस्थापन गर्नेदेखि चिकित्सकीय निगरानीमा राख्न कठीन भएको हो । आइसोलेसन वार्ड तयार पार्न नभ्याएका पालिकाहरुमा क्वारेन्टाइनलाई नै आइसोलेसन वार्डमा रुपान्तरण गरी संक्रमितलाई त्यहीँ राख्ने काम भइरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।