सर्लाही जिल्ला को जेठो रेडियो १२ औ वर्षमा प्रवेश

सामुदायिक रेडियो सर्लाही आईतबार देखी १२ औ बर्षमा प्रवेश गरेको छ ।

सामुदायिक संचार सहकारी संस्था लि.द्धारा संचालीत सामुदायिक रेडियो सर्लाही जिल्लाकै पहिलो रेडियो हो । २०६६ जेठ १८ गत्ते देखी संचालनमा आएको रेडियो सर्लाहीले सत्य तथ्य सुचना संदेस समाचार तथा मनोरंजनात्मक कार्यक्रमहरु प्रसारण गर्दै आईरहेको छ ।  समाज रुपान्तरणको लागी र सबै नागरिक हरेक कुराबाट सुसुचित होउन भन्ने उद्येस्यले रेडियो संचालनमा ल्यईएको संस्थापक अध्यक्ष चुडामणि वाग्लेले बताउनु भयो ।

लकडाउनको कारणले रेडियोको बार्षिक उत्सवमा बिशेष कार्यक्रम गर्न नसकीए पनि हरिवन ५ घुर्कौलीमा रहेको द्धन्द्ध पिडीत बाल गृहमा आर्शित भाई बहिनी हरुको लागी स्टेशनरी सामान कापी कलमहरु हरिवन नगरपालीकाका प्रमुख गणेश प्रसाईको प्रमुख आतित्यथामा प्रदान गरिएको सामुदायिक रेडियो सर्लाहीका अध्यक्ष भरत कार्कीले जानकारी दिनुभयो । मेयर प्रसाइले यस रेडियोलो समाज रुपान्तरनमा ठुलो योगदान पुर्यायको छ ।  रेडियो भनेको जुनसुकै परिस्थितिमा  आवस्यक पर्छ चाहे त्यो भुकम्प जादा होस  वा अहिलेको कोराना को बेला होस हरेक व्यक्तिले रेडियो सुननेर बसिरहेका हुन्छन । त्यस कारन पनि रेडियो को महत्व छ यो सस्था टिकाउन तपाइहामि सबैले सहयोग गर्नु पर्छ ।  कार्यक्रममा द्धन्द्ध पिडीत बाल गृहका संचालक सुरेन्द्र लामा हरिवन उद्योग बाणिज्य संघका अध्यक्ष मोहन लाल श्रेष्ठ, बिद्यार्थी नेता श्रिकृष्ण उप्रेती, कृषी प्राबिधिक सुरज खनाल लगाएतको उपस्थिती रहेको थियो । अध्यक्ष कार्कीले रेडियो सर्लाही ११ औं बर्ष पुरा गरि १२ औं बर्षमा प्रवेस गरेको उपलक्ष्यमा सम्पुर्ण शेयर सदस्य, बिज्ञापन दाता स्रोता शुभचिन्तक शुभेक्षुक, साथै दत्तचित्त लगायर काम गर्ने कर्माचारी हरुलाई शुभकामना ब्यक्त गर्नुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।