रुकुममा दलित युवाहरुको हत्याविरुद्ध सर्लाहीकाे लालबन्दी मा प्रदर्शन
लालबन्दी – अन्तरजातीय विवाहका कारण रुकुमपश्चिमको चौरजहारीमा दलित समुदायका युवाहरुको हत्या गरिएको भन्दै सर्लाहीका दलित अगुवाहरुले प्रदर्शन गरेका छन् । सुक्रवार मध्यान्ह पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दीमा लकडाउनकै बीच प्रदर्शन गरिएको हो । जुलुशमा सहभागीहरुले जातिय विभेदका आधारमा जघन्य अपराध भएको भन्दै संलग्न सवैलाई हदै सम्मको कारवाही गर्न माग गरेका छन् । लालबन्दीस्थित डुमडुमे मन्दिरदेखि नगरपालिका कार्यालय अगाडिसम्म जुलुश निकाली पुरोना वाणिज्य बैंक अगाडि भएको कोण सभामा सर्लाहीका दलित अगुवाहरुले मन्तव्य राखेका थिए । उनीहरुले कानुनीरुपमा दण्डनीय र मानवीयरुपमा कलंकित जातिय विभेद गरि दलित युवाहरुको सामूहिक हत्या हुँदा पनि छानविन प्रकृया सुस्त भएको भन्दै आक्रोश पोखेका छन् । राजाराम पासवानको सयोजकत्वमा नवराज विश्वकर्मा हत्याविरुद्ध संघर्ष समिति गठन गरि आन्दोलन सुरु गरिएको हो । संघर्ष समितिमा पार्वती विश्वकर्मा सह–संयोजक, मदन विश्वकर्मा सचिवसहित १९ जना सदस्य छन् । यसअघि जिल्लाका दलित संघसंगठनहरुले बिहिवार सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका थिए ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।