थप ३० जनामा कोरोना संक्रमण सलार्ही मा १५ जना, संक्रमित संख्या ४८७ पुग्यो
सर्लाहीका थप १५ जनालाई कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएको छ ।
शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सर्लाहीका १५ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । योसँगै सर्लाहीमा कोरोना भाईरस संक्रमित २० जना पुगेका छन् ।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार सर्लाहीको गोडैता नगरपालिकाका १४ तथा रामनगर गाउँपालिकाका १ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । गोडैता नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएका एवं रामगनर गाउँपालिकाका ५ जनाको गरी ८६ जनाको स्वाब संकलन गरेर गत मंगलबार काठमाडौंको टेकु अस्पताल पठाईएको थियो । ती सबै भारतबाट फर्किएकाहरु भएको बताईएको छ । यसअघि रामनगर गाउँपालिका–४ घर भएकी १८ वर्षीया युवतीमा कोरोना भाईरस पोजेटिभ देखिएपछि उनका आफन्त सहित शंकाष्पद २१ जनाको स्वाब परिक्षण भने नेगेटिभ आईसकेको उक्त गाउँपालिकाका अध्यक्ष कृष्णकुमार बर्माले जानकारी दिए ।
मन्त्रालयबाट जारी भएको विज्ञप्ति अनुसार विस्तृत विवरण बुझ्ने प्रयास भईरहेको प्रजिअ जिसीले जानकारी दिए ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।