सर्लाहीका थप दुईजनामा काेराेना देखियाे

सर्लाहीका थप दुईजनालाई काेराेना भाईरस (काेभिड-१९) पाेजेटिभ देखिएकाे छ । मंगलबार दिउँसाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेकाे तथ्यांक अनुसार सर्लाहीका दुईजनामा काेराेना भाईरस पाेजेटिभ देखिएकाे हाे । याेसँगै सर्लाहीमा काेराेना भाईरस संक्रमित ५ जना पुगेका छन् ।

मंगलबार सार्वजनिक भए अनुसार सर्लाहीकाे बागमती नगरपालिका-९ निवासी ३४ वर्षीय पुरुष र अर्का सर्लाही मात्र ठेगाना लेखिएका ३१ वर्षे पुरुषमा पाेजेटिभ देखिएकाे जानकारी अाएकाे प्रमुख जिल्ला अधिकारी माेहन जिसीले जानकारी दिए । “दुवैजनाले काठमाडाै स्थित टेकु अस्पतालमै गएर स्वाब दिएका रहेछन्, फारममा एकजनाले पुरा ठेगाना लेखेपनि अर्काले सर्लाही मात्र लेखेकाे जानकारी अाएकाे छ”, प्रजिअ जिसीले भने, “अब पुरा ठेगाना नखुलाएका पुरुषकाे ठेगाना खुलाउने तथा उनीहरु सर्लाही अाएर काठमाडाै गएका हुन की उतै बस्ने गरेका हुन लगायत ट्राभल हिस्ट्री बुझ्ने काम भईरहेकाे छ ।” बागमती-९ मा साविक शंकरपुर साेल्टी क्षेत्र समेटिएकाे छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।