विप्लव खाेज्न परवानीपुर पुगेकाे सुरक्षाटाेलीेले ५ किलाे गाँजा फेला

परवानीपुर – सर्लाहीकाे उत्तरी चुरे क्षेत्रमा पर्ने परवानीपुरबाट सुरक्षाकर्मीकाे एक टाेलीले ५ किलाे गाँजा बरामद गरेकाे छ ।

मंगलबार राती लालबन्दी नगरपालिका-१५, परवानीपुर पुगेकाे नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे संयुक्त टाेलीले खेतमा फालिराखिएकाे अवस्थामा ५ किलाे गाँजा बरामद गरेकाे हाे । विप्लव समुहका नेता कार्यकर्ताकाे गाउँमा चहलपहल बढेकाे स्थानिय स्तरबाट सुचना पाएपछि सशस्त्र प्रहरीकाे हरिवन बेसक्याम्पका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुशिल पराजुलीकाे नेतृत्वमा सागरनाथ बेसक्याम्पबाट समेत सशस्त्र प्रहरीकाे टाेली, ईलाका प्रहरी कार्यालय केशरगंज ईश्वरपुरकाे टाेली संयुक्त रुपमा परवानीपुर पुगेकाे थियाे । उच्च सतर्कता सहित राती गाउँ पुगेकाे संयुक्त सुरक्षा टाेलीले सर्च गर्ने क्रममा खेतमा रहेकाे गाँजा बरामद गरेकाे हाे ।

विप्लपकाे नेता कार्यकर्ता खाेज्न गएकाे सुरक्षाकर्मीहरुकाे टाेलीले स्थानीय युवाहरुले समातेर राखेका तीनजनालाई सँगै लिएर आएकाे एक प्रहरी अधिकृतले बताए । “अलि पल्लाे गाउँका नयाँ अनुहारका मान्छेहरु व्याग सहित देखेपछि युवाहरुले विप्लव कार्यकर्ताकाे आशंकामा नियन्त्रणमा लिएका रहेछन्”, एक सुरक्षाकर्मीले भने ।

ती तीनजनालाई बुधबार बिहान ईलाका प्रहरी कार्यालय केशरगंजले छाडिदिएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी उपरीक्षक विश्वमणि पाेखरेलले जानकारी दिए ।

राती साँढे १० बजे गएकाे सुरक्षा टाेली बिहान साँढे २ बजे फर्किएकाे थियाे । त्यस्ताे खबर आउने वितिकै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला स्थित सबै युनिटलाई हाई एलर्टमा राखेर संयुक्त टाेलीलाई परवानीपुर पठाईएकाे प्रहरी स्राेतले जनायाे ।

नियन्त्रणमा परेका तीनजना विप्वलव समुहकाे नेता कार्यकर्ता नभएर गाँजा तस्करीमा सकृय नयाँ अनुहार देखिएपछि स्थानीयले खबर गरेकाे हुनसक्ने राती गस्तीमै गएका एक सुरक्षा अधिकृतले अनुमान गरे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।