मालेले गर्यो ग्रासरुटको जिल्ला स्तरीय समिक्षा एवम् प्रशिक्षण कार्यक्रम

मिसन ग्रास रुट कार्यक्रम अन्तर्गत नेकपा एमाले सर्लाहीले शनिबार लालबन्दीमा जिल्ला स्तरीय समिक्षात्मक भेला गरेको छ ।


पार्टीका जिल्ला अध्यक्ष राजनारायण साहको अध्यक्षता एवं केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठको प्रमुख आतिथ्यतामा लालबन्दी ६ स्थित मदन–आश्रीत स्मृति प्रतिष्ठानको भवनमा पार्टी सुदृढिकरण तथा विस्तार अभियान अन्तर्गत समिक्षा तथा प्रशिक्षण कार्यक्रम समापन गरिएको हो । कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य अच्यूत मैनाली, केन्द्रीय सदस्यहरु बलवीर चौधरी, कमलादेवी महतो, रन्जना सरकार, कल्पना कटुवाल, शीला यादवलगायतले मन्तव्य राखे ।

जिल्ला कमिटीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले कार्यक्रमबारे प्रकाश पारेका सो भेलाको जिल्ला उपसचिव पार्वत विश्वकर्माले संचालन र अर्का उपसचिव प्रकाश थापाले स्वागत गरे ।

एमाले सर्लाहीले देशव्यापी कार्यक्रम अन्तर्गत यहाँ पनि टोल–बस्तीमै मिसन ग्रासरुट कार्यक्रम गरी शनिबार लालबन्दीमा जिल्ला स्तरीय कार्यक्रम गरी त्यसको समिक्षा गरेको हो ।

प्रतिक्रिया