हुलाकी सडक कालोपत्रेको माग गर्दै मलंगवामा प्रदर्शन

वर्षौदेखि जरजर अवस्थामा रहेको हुलाकी सडक कालोपत्रेको माग गर्दै सर्लाहीमा एकपछि अर्को ठाउँका वासिन्दाले चक्काजाम गर्न थालेका छन् ।

सोहीक्रममा सोमबार बिहान मलंगवा नगरपालिका २ कृष्ण चोकका स्थानीयले हुलाकी रोड कालोपत्रेको माग गर्दै सडकमा टायर बालेर चक्काजाम गरेका छन् । यसअघि आइतबार ब्रम्हपुरीका वासिन्दाले पनि सडक पिच गर्न माग गर्दै चक्काजाम गरेका थिए ।

केही दिनपहिले कौडेना र मुसैलीका स्थानीयले चक्काजाम गरेपछि त्यहाँ अहिले कालोपत्रेको प्रारम्भिक काम अघि बढाइएको छ । ठेकेदारले बद्मासी गरेर ठेक्का अनुसार हुलाकी सडक कालोपत्रे नगर्दा सडक छेउछाउ घर भएका वासिन्दा र यात्रुहरुले धुलोको मार खेपिरहेका छन् ।

हुलाकी सडकमा अहिले धुलोले गर्दा यात्रा गर्नै नसक्ने अवस्था छ भने छेउछाउका घर धुलोले ढाकेका छन् ।

प्रतिक्रिया