हरिवनमा झडप, २ सेल अश्रुग्याँस प्रहार

    सर्लाही हरिवनमा (शनिबार) दिउँसो नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप             हुँदा ३ जना घाइते भएका छन् ।

घाइते तीनै जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । ३ जना घाइतेमध्ये थप उपचारका लागि घाइते शेष बच्चु काठमाडौँ र अर्का घाइते शेष इस्तियार वीरगन्ज गएका छन् ।हरिवन नगरपालिका–११, स्थित पाडा बजारमा भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको छ । अश्रुग्याँस प्रहार गरेपछि भीड तित्तरबित्तर भई स्थिति सामान्य बनिसकेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।पछिल्लो समय हरिवन ११ मा सानो भन्दा सानो विषयलाई पनि राजनीतिक रंग दिइँदा शान्ति सुरक्षा कायम गर्नै समस्या परिरहेको एक सुरक्षा अधिकारीले बताए । आज पनि तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेकाले ठूलो किसिमको क्षति हुन नपाएको ती सुरक्षा अधिकारीले उज्यालो अभियानसँग बताए ।घटनास्थलमा अहिले पनि हरिवनका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुशील श्रेष्ठ र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मुकेश ताम्राकारको कमाण्डमा प्रहरी टोली परिचालन भइरहेको छ ।प्रहरीले दिउँसो भएको झडपको घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । बजारमा कौडी उठाउने विषयलाई एमाले र माओवादीका कार्यकर्ताले राजनीतिक ‘इसु’ बनाइरहेका छन् ।

प्रतिक्रिया