सर्लाहीमा एक वर्षमा ८२ जनाले गरे आत्महत्या

सर्लाहीमा आत्महत्याका घटना बढ्दै गएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार एक वर्षमा जिल्लाभर ८२ जनाले आत्महत्या गरेका छन् । प्रहरीले राखेको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७८/०७९ मा सर्लाही जिल्लाभर ६० जनाले झुण्डिएर, २० जनाले विष सेवन गरेर र २ जनाले आगो लगाई आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा धेरै महिला छन् । ३९ जना महिला, ३३ जना पुरुष, ८ जना बालिका र २ जना बालकले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ ।

यस्तै, यो आर्थिक वर्ष २०७९/८० सुरु भएपछि पनि जिल्लामा ९ जनाले आत्महत्या गरिसकेका छन् । आर्थिकसहित अन्य समस्या हुनु, तनाव व्यवस्थापन गर्न नसक्नु, परिवारमा किचलो हुनु, प्रेममा धोका पाउनुजस्ता आत्महत्याका प्रमुख कारणहरु हुन् ।

यसैबीच, आत्महत्या न्यूनिकरण तथा रोकथाम दिवसका अवसरमा आइतबार सर्लाहीमा पनि आत्महत्या न्यूनिकरण सम्वन्धी सचेतनामूलक तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । दिवसका अवसरमा सदरमुकाम मलंगवामा प्रभातफेरि निकाली जिल्ला समन्वय समितिको सभा हलमा अन्तक्र्रिया गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, अन्य सुरक्षा अधिकारी, नागरिक समाज, शिक्षक, विद्यार्थीलगायत सहभागी थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) प्रवीण पोखरेलले आत्महत्याको अवस्था, यसको रोकथामलगायतबारे प्रस्तुतिकरण प्रस्तुत गरेका थिए ।

यस्तै, दिवसकै अवसरमा इलाका प्रहरी कार्यालय लालबन्दीको आयोजनामा लालबन्दीस्थित पुरानो नगरपालिका भवनमा आत्महत्या रोकथाम तथा न्यूनिकरणसम्वन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा लालबन्दीका नगरप्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, अन्य जनप्रतिनिधि, महिला, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

यो कार्यक्रममा पनि प्रहरी प्रमुख (एसपी) पोखरेल र लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) शान्तराम कार्कीले आत्महत्या के हो ?, व्यक्तिले किन आत्महत्या गर्छ ?, त्यसलाई कसरी रोक्ने ? लगायतकासम्वन्धमा प्रस्तुतिकरण दिएका थिए

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।