सर्लाहीमा कोरोनाबाट थप ४ जनाको मृत्यु, ४० जना पोजेटिभ

कोरोना भाईरसको दोस्रो चरण अन्तर्गत सर्लाहीमा पछिल्लो २४ घण्टामा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना भाईरसबाट मृत्यु हुने सर्लाहीका ५२ जना पुगेका छन् ।

मंगलबार राती तथा बुधबार बिहान गरी थप ४ जनाको मृत्यु भएको हो । ईश्वरपुर नगरपालिका–३ का ५८ वर्षीया महिलाको नारायणी अस्पताल वीरगंजमा उपचार गर्दागर्दै मृत्यु भएको छ । त्यस्तैं ईश्वरपुर नगरपालिका–१५ का २६ वर्षीय युवकको प्रादेशिक अस्पताल जनकपुर, लाबन्दी नगरपालिका–५ का ५५ वर्षीय पूरुषको सिन्धुली अस्पताल र ब्रम्हपुरी गाउँपालिका–६ का ५५ वर्षीय पुरुषको सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै, बरहथवा नगरपालिकाले केही दिनअघि ८४ जनाको थ्रोट स्वाब संकलन गरि परीक्षणका लागि पठाउँदा बुधबार बिहानसम्म ५६ जनाको रिपोर्ट आएको छ । जसमा ४० जनाको रिपोर्ट पोजेटिभ आएको बताईएको छ । बाँकी २८ जनाको रिपोर्ट किन आएन भन्ने कुरा बुझ्ने प्रयास भईरहेको बरहथवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । बरहथवा नगरपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख सत्यनारायण यादवले बाँकी २८ जनाको स्वाब पून परीक्षण गरेर आजै (बुधबार) साँझसम्म रिपोर्ट पठाउने भनिएको छ ।

प्रतिक्रिया