रोसन दाहाल :-
पूर्व सांसद एवम् समाजसेवी नरेन्द्र साहले नेपाल प्रहरीलाई १० थान साईकल प्रदान गर्नुभएको छ
साहले समाजिक उत्तरदायित्व भन्दै सुदूरपश्चिम प्रदेश प्रहरीलाई साईकल सहयोग गरेको हो । बिहीबार एक कार्यक्रमका विच शाहले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीलाई हस्तान्तरण गरेका छन् । शाहले समाजिक उत्तरदायित्वका लागि प्रहरीलाई गस्ती गर्नका लागि देशका विभिन्न जिल्लामा एक सय साईकल वितरण गरिएको बताए ।
साईरन, लाईट सहित नेपाल प्रहरी लेखिएको स्पेशल साईकल वितरण गरिएको हो । जनताको सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीलाई गाँउबस्ती एव शहरमा गस्तीका लागि साईकल वितरण गरिएको समाजसेवी शाहले बताए ।‘यो संकटका बेला सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने खाँचो छ,’ उनले भने, ‘अहिले अग्रभागमा खटिने सुरक्षाकर्मीलगायत सबैलाई सकेको सहयोग गर्नु हरेक नेपालीको दायित्व हो ।’
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले शाहबाट प्राप्त साईकलले प्रहरीलाई गस्तीमा मदत पुग्ने बताए । डिआईजी सुवेदीले कञ्चनपुरमै रहने साईकल दुर्गम बस्तीमा गस्तीका लागि पठाईने र अपराध न्यूनिरणका लागि प्रयोग हुने बताए ।पूर्व सांसद् शाह सर्लाही निवासी हुन उनले यस अघि सर्लाहीमा नेपाल प्रहरीलाई ६० वटा र सशस्त्र प्रहरीलाई २० थान साईरन साईकल प्रदान गरेका थिए