आज फेरी सर्लाहीमा थप २ जना कोरोना संक्रमित थपिए, संगै संक्रमित हुनेको संख्या ५३० पुग्यो
सर्लाहीमा फेरी दुई जना कोरोना संक्रमित बिरामीहरु थपिएको छ । सर्लाहीको विष्णु गाउँपालिका दुई जना कोरोना संक्रमित थपिए सँगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या ५३० पुगेको छ ।
आज विष्णु गाउँपालिका वडा नं. ३ मा १८ वर्षिय एक युवक र ४८ वर्षिय एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।
विष्णु गाउँपालिकामा दुई जना कोरोना संक्रमित बिरामी थपिए सँगै हाल सम्म संक्रमित हुनेको संख्या ६९ पुगेको छ ।
६९ जना कोरोना संक्रमित बिरामी मध्ये गाउँपालिकाले वडा नं. ८ बत्रौल स्वास्थ्य चौकीको नयाँ भवनमा संचालन गरेको आइसोलेसन कक्षमा ४० जनाको उपचार भइरहेको छ भने बाकीँ रहेको २९ जनाको मलंगवा अस्पतालले संचालन गरेको सन्त अल्पमाई रामनारायण यादब नर्सिङ्ग कलेजमा स्थापना गरिएको अस्थाई विशेष कोरोना अस्पतालमा उपचार भइरहेको विष्णु गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत संजिव सापकोटाले जानकारी दिए ।
विष्णु गाउँपालिका कोरोना संक्रमित सबै भारतको विभिन्न ठाउँबाट आएको अधिकृत सापकोटाले बताए । सर्लाहीमा २० पालिका मध्ये लालबन्दी नगरपालिका बाहेक १९ पालिका गरी हाल सम्म कोरोना संक्रमित बिरामी ५३० जना मध्ये हाल सम्म ९९ जना उपचार पश्चात निको भएर डिस्चार्ज भई घर फर्किसकेको छ ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।