सर्लाहीकाे हरिवनमा आरडीटी गरेर छाडिएका ८ जनामा पीसीआर पाेजेटिभ , स्थानीय त्रसित
सर्लाहीको हरिवनमा आरडीटी नेगेटिभ देखिएपछि क्वारेन्टिनबाट छाडिएका ८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
मंगलबार साँझ काठमाडौंको टेकु अस्पतालबाट प्राप्त रिपोर्ट अनुसार ८ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईँले जानकारी दिए । मेयर प्रसाईँका अनुसार २, ३ र ४ नम्बर वडाका १ (१ जना, ८ नम्बर वडाका ३ जना तथा ११ नम्बर वडाका २ जनाको पोजेटिभ आएको हो ।
नगरपालिकाको निर्माणाधिन भवनमा बनाईएको क्वारेन्टिनमा १४ दिन राखेपछि आरडीटी नेगेटिभ आएकाले गत जेठ १८ गते पीसीआर परीक्षणका लागि थ्रोट स्वाब लिएर २९ जनालाई होम क्वारेन्टिन बस्ने शर्तमा छाडिएको मेयर प्रसाईँले जानकारी दिए । छाडिएका २९ मध्ये ८ जनाको पीसीआर पोजेटिभ आएको हो । पोजेटिभ देखिएका ७ जनालाई मंगलबार राती नै बाँसाटोल स्थित नगरपालिकाको निर्माणाधिन भवनमा तयार पारिएको आईसोलेसन कक्षमा राखिसकिएको मेयर प्रसाईँले जानकारी दिए ।
भारतबाट आएका उनिहरुलाई १४ दिन क्वारेन्टिनमा राखेर आरडीटी पश्चात घरमै बस्ने शर्तमा छाडिएपनि संक्रमित मध्य १ जना त मलामी जाने लगायत सामुहिक रुपमा हेलमेल समेत गरेको भन्दै स्थानीय त्रसित बनेका छन् । होम क्वारेन्टिनमा बस्ने शर्तमा छाडिएका मध्ये हरिवन(८ का एक युवालाइ भने स्थानीयबासीले चर्को विरोध गरेपछि छाडीएकै दिन पुनः नगरपालिकाको क्वारेन्टिनमा फर्काईएको थियो । उनको पनि पीसीआर पोजेटिभ आएको मेयर प्रसाईँले जानकारी दिए ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।