सर्लाहीमा थप १३ जनामा काेराेना !

सर्लाहीका थप १३ जनालाई कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमित ३२ जना पुगेका छन् । स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेकाे तथ्यांक अनुसार १५ जना भनेपनि सर्लाहीमा १४ जनामात्र फेला परेकाले कुल संक्रमित संख्या ३२ कि ३३ भन्नेमा द्विविधा देखिएकाे छ ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले शनिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गोडैता र कविलासी नगरपालिकाका गरी थप १३ जनामा पोजेटिभ देखिएको हो । भारतीय सिमावर्ती गोडैता नगरपालिकाका १२ तथा कविलासी नगरपालिका–१ का १ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको प्रजिअ जिसीले जानकारी दिए । संक्रमित सबै पुरुष रहेका छन् ।

गोडैतामा कोरोना देखिएका सबै पुरुष नगरपालिकाकै क्वारेन्टिनमा छन् । थपिएका संक्रमितहरु गाेडैता-२, ३, ६ र १२ का एक-एकजना वडा नं. ८ का दुईजना र ११ नम्बरका ६ जना रहेकाे नगरपालिका स्राेतले जनाएकाे छ । गाेडैता नगरपालिका-११ सिसाैटिया गाउँमा काेराेना संक्रमित बढी देखिएका छन् । शुक्रबार मात्र गाेडैताकाे क्वारेन्टिनमा रहेका १३ जनाकाे पाेजेटिभ रिपाेर्ट अाएकाे थियाे । जसमध्ये सिसाैटियाका मात्र ९ जना रहेका थिए । याे सहित सिसाैटियामा मात्र संक्रमित संख्या १५ जना पुगेकाे छ ।

गाेडैताका सबै संक्रमितकाे स्वाब यहीबाट पठाईएकाे थियाे भने कविलासीका १ जनाकाे काठमाडाैंबाटै स्वाब संकलन गरिएकाे हाे । भारतबाट नेपालतर्फ अाउँदै गर्दा टेम्पाे दुर्घटना हुँदा उनी घाईते भएका थिए । खुट्टा भाँच्चिएका उनलाई भारतीय सिमाक्षेत्रबाटै उपचारका लागि काठमाडाै लगिएकाे थियाे ।

भारतको बम्बई, बैंगलोर, सुरत, गुजरात, हरियाणा लगायत स्थानबाट लुकिछिपी छिरेकाहरुलाई क्वारेन्टाईनमा राखिएको मेयर यादवले जानकारी दिए । ‘यो त टेलर मात्र हो, अहिलेसम्म नगरपालिकाको क्वारेन्टिनमा भारतबाट लुकिछिपी आएका १६४ जना पुगिसके, अझै सिमाक्षेत्रमा डेढदुईसय जना छिर्ने तरखरमा छन्’, मेयर यादवले भने, ‘भारतबाट आउने अधिकांशमा कोरोना भाईरस संक्रमण देखिने निश्चित छ ।”

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सर्लाहीका शुक्रबार १५ जना संक्रमित भनिएअनुसार गोडैता नगरपालिकामा १३ र रामनगर गाउँपालिकामा १ गरी १४ जना मात्र फेला परेको र एकजना भने काठमाडौंमै परीक्षण गराएको वा अर्कै जिल्लाकाे हुन सक्ने अनुमान गरे । ‘मन्त्रालयले सार्वजनिक गरेअनुसार १४ जना सर्लाहीमै क्वारेन्टिनमै छन्’, उनले भने, ‘अर्का एकजना काठमाडौंमै छन कि वा अन्य जिल्लाको मिस भयो भनेर पत्ता लगाउने प्रयास भईरहेको छ ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।