नेपालमा थप १० जनामा कोरोना, संक्रमित २९१ पुगे

४ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो । हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

शनिबार नेपालमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको थियो । मृतक सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिला हुन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।