अक्सफाम तथा वागमती सेवा समाजद्वारा दोश्रो चरणका स्वच्छता सामग्रीहरु सहयोग

अक्सफामको समन्वय तथा Poul Due Jensen Foundation को सहयोगमा वागमती सेवा समाज नेपाल द्वारा कोबिड(१९ संक्रमण रोकथामका लागि सर्लाही जिल्ला का ५ स्थानीय निकायहरुलाई दोश्रो चरणमा स्वास्थ्य तथा स्वच्छता सामग्रीहरुको सहयोग गरेको छ ।
वागमती सेवा समाज नेपालका पदाधिकारीहरुको उपस्थितीमा हरिवन, लालबन्दी, इश्वरपुर, चन्द्रनगर, तथा हरिपुर नगरपालिकाहरुमा निर्माण गरिएको क्वारेन्टाइनहरु तथा हस्पिटलहरुका लागि हेण्डवास लिक्वीड ५०० मि. लि. ६० बोटल, हेण्डवास सोप ७२ थान, तौलिया ३० थान, धाराको टुटी तथा बिर्को सहितको प्लास्टिकको बाल्टिन ५४ थान, डिसइन्फेक्टेन्ट क्लोरिन सोलुसन १२५ के जी, सुखा फोहर संकलन गर्ने भाडो १०२ थान, ट्रे ५ थान, फोहर संकलन गर्ने कामदारहरुका लागि बुट ५ जोर, ट्वाइलेट ब्रस ६ थान, सावुन राख्ने बट्टा ३० थान, रियुजेवल ग्लोब्स ३० जोर, मुभ ६ थान, स्प्रे ट्यांक ६ थान, पोलिथिन ब्याग १००२ थान, सानीटरी प्याड ५५ प्याकेट, ट्वाइलेट क्लिनर ६ थान, डिटरजेन्ट सोप ६० थान, मच्छर दानी ३० थान, तन्ना ६० थान, चप्पल ३० जोर, टुथ पेस्ट ३० थान, टुथ ब्रस ३० थान, फिनेल ५ बट्टा, गगल्स १०८ थान लगायतका सामग्रीहरु सम्बन्धीत स्थानीय निकायहरुमाका प्रमुखलाइ हस्तान्तरण गरिएका छन् र यस्ता सामग्रीहरुको उपलब्धताले कोबिड १९ संक्रमणका बिरुद्ध लड्न स्थानीय निकायहरु अन्तर्गतका क्वारेन्टाइनहरु तथा स्वास्थ्य प्रदायक निकायहरुको दक्षता बढ्ने बिश्वास लिइएको छ । उल्लेखित स्थानीय निकायका प्रमुखहरुले बागमती सेवा समाज तथा अक्सफामले विपदका यस घडीमा पुरयायको योगदानको सबत्र प्रशंसा भएको साथै गर्दै कोभिड १९ बिरद्धको लडाईमा निरन्तर सहकार्य गर्नु पर्ने आवश्यकता भएको बिचार पनि ब्यक्त गरिएको छ ।
कोरोना भाइरसको सन्त्रास बढेयता वागमती सेवा समाजले सर्लाही जिल्ला लगायत प्रदेश नं. २ का बिभिन्न जिल्लाहरुका अस्पतालहरु तथा सर्लाही जिल्लाका स्थानीय निकायहरुका क्वारेन्टाइनहरुका लागि बिभिन्न चरणमा यस्ता स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु सहयोग उपलब्ध गराइ रहेको छ । यस क्रममा २०७७ बैशाख २० गते वागमती सेवा समाज नेपाल हरिवन सर्लाहीद्वारा कोबिड १९ संक्रमण रोकथामका लागि निर्माण गरिएको उष्ण प्रदेशीय वागवानी क्वारेन्टाइन लालबन्दीलाई क्वारेन्टाइनका लागि उपयोगी हुने महत्वपूर्ण स्वास्थ्य सामग्रीहरु प्रमुख जिल्ला अधिकारीज्युको उपस्थितीमा वागवानी क्षेत्रमा एक समारोह आयोजना गरी हस्तान्तरण गरिएको थियो । त्यस्तै २०७७ बैशाख २१ गते सर्लाहीका ४ स्थानीय निकायहरु लालबन्दी, हरिवन, इश्वरपुर, तथा चन्द्रनगर लाई त्यस्तै सामग्रीहरु हस्तान्तरण गरिएको थियोे । सहयोग कार्यक्रम अन्तर्गन नै २०७७ बैशाख २२ गते, वागमती सेवा समाज नेपालद्वारा, हरिपुर नगरपालिका, जिल्ला अस्पताल सर्लाहीको आइसोलेसन युनिट, गा.पा.हरु बसबरिया, तथा चकरघट्टालाई उक्त स्वास्थ्य सहयोग सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।