पिकअप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

ईश्वरपुर नगरपालिका–११, कर्मोहानमा पिकअप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । दुर्घटनामा चन्द्रनगर गाउँपालिका–३, का ३५ वर्षीय राजनारायण महतोको ज्यान गएको हो ।

बयलवासबाट बबरगन्जतर्फ गइरहेको ज २ प १७२५ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०७५९ नम्वरको पिकअप गाडी आपसमा ठोक्किँदा मोटरसाइकल चालक महतो गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो ।

प्रतिक्रिया