मनोकामना बहुउद्देश्यीय साकोसको १८औ साधारणसभा सम्पन्न ।अध्यक्षमा पुनः शम्भुलाल श्रेष्ठ

मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाको१८औ साधारणसभा एवम २४औ बार्षिक उत्सब सम्पन्न भएको छ। हरिवन मा रहेको बहुउद्देश्यीय सहकारी संस्था ले आर्थिक वर्ष ७९/८० मा २करोड भन्दा बढी खुद मुनाफा आर्जन गरेको छ ।

संस्थाले आर्थिक वर्ष ०७९/८०मा ४०करोड ६७लाख ७०हजार२सय १८रुपैया को कारोबार गरि २करोड ५लाख ५७हजार ५सय ४१ रुपैया ९६पैसा खुद मुनाफा गरेको संस्थाका ब्यबस्थापक सन्तोष पाण्डे ले जानकारी दिनु भयो ।संस्था मा २हजार ६सय ३जना शेयर सदस्यको ५करोड ८८लाख १४हजार ६सय रुपैया शेयर पुजी पुर्याउन सफल भएको छ । संस्था का अध्यक्ष शम्भु लाल श्रेष्ठ को अध्यक्षता एवम हरिवन नगरपालिका का नगरप्रमुख रमेश बुढाथोकी कमल को प्रमुख आतिथ्यता मा भएको साधरण सभा को उदघाटन सत्र मा पत्रकार सहित ८जना लाई नगद दोसल्ला र प्रसंसापत्र बाट सम्मान गरिएको थियो ।

संस्था ले संचालन गर्दै आएको मनोकामना आवाशिय बिधालय हरिवन १भोक्टिनि मा भएको साधरण सभा को बन्द सत्र ले पुनः सम्भुलाल श्रेष्ठ को अध्यक्षता मा तिन बर्षिय कार्यकाल को लागी ९सदस्य नया कार्य समिति सर्ब सम्मत रुप मा चयन गरेकोछ । उपाध्यक्ष मा कृष्ण ओम पोते ,सदस्य हरुमा रेनु श्रेष्ठ ,डुकु कोईराला ,मैना लुङ्गेलि, सिता थापा ,मेघराज अधिकारी ,शेष राज उप्रेति र किशोर बराईलि लाई चयन गरेको छ । त्यस्तै रुद्र बहादुर श्रेष्ठ को संयोजकत्वमा तिन सदस्य लेखा समिति चयन गरेको बताईएको छ जस्को सदस्य हरुमा लक्ष्मी श्रेष्ठ ,र अनिल हमाल लाई चयन गरेको छ त्यस्तै ॠण समिति को संयोजक मा मेघराज अधिकारी सदस्य मा रमेश चौलागाई ,र बिनोद महत चयन भएका छन भने सल्लाहकार समितिको संंयोजकमा चुडामणि वाग्लेलाई निर्वाचित भएको संस्था का ब्यबस्थापक पाण्डेले जानकारी दिनु भयो ।

संचारकर्मि श्रवण थापा को संचालन मा भएको संस्था को उद्द्घाटन सत्र मा सहकारी को मुल्य मान्यता सहित साधरण सभा को पुर्ण सफलता को लागि हरिवन नगरपालिका की उप प्रमुख हरिमाया घलान ,निबर्तमान प्रदेश सांसद डिल्लि प्रसाद उप्रेति लगायत आ आफ्नो धारणा राख्दै शुभकामना ब्यक्त गर्नु भएको थियो । संस्था ले हाल हरिवन नगरपालिका ,लालबन्दी नगरपालिका र बागमती नगरपालिका मा कार्य क्षेत्र बिस्तार गरि त्यस क्षेत्र का शेयर सदस्य हरुको आय आर्जन जिबिको पार्जन मा टेवा पुर्याउनु का लागि बचत तथा ॠण को कारोबार को साथै सुपथ मुल्य मा कृषि का मल बिउ बिजन ,तालिम ,बिजुलि टेलिफोन ,खानेपाने लगायत को बिल भुक्तानि रेमिटेब्स सेवा लगायत को काम गर्दै आएको छ ।

प्रतिक्रिया