मिटरब्याज पीडितद्वारा पुर्व पश्चिम राजमार्गमा प्रदर्शन

सर्लाहीका मिटरब्याज पीडितहरु विभिन्न माग राखेर आन्दोलित भएका छन् । पीडितहरुले शुक्रवार लालबन्दी नगरपालिका–१, नवलपुर स्थित राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । बुधवार दिउसो एक पीडित महिलालाई जिल्ला प्रशासन कार्यलय सर्लाही परिसरमा साहुबाट कुटपिट भएको थियो । सोही घटनालाई लिएर विभिन्न ८ बुदे माग सहित ज्ञापन पत्र बुझाउन पुगेका संघर्ष समिति सदस्यलाई प्रहरी लगाएत पक्राउ गरेको भन्दै पीडित आन्दोलित भएको हुन् ।आन्दोलनमा आयका पीडितहरुले आ आफ्नो गुनासो यसरी बताए ।

प्रहरीले लालबन्दी नगरपालिका– निवासी संघर्ष समिति सदस्य फतिमा खातुनलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकी खातुनको रिहाईको मागँ सहित आन्दोलनमा उत्रिएको मिटरब्याज तथा ठगी विरुद्ध किसान मज्दुर संघर्ष समिति अध्यक्ष रुमकणी चौधरीले जानकारी दिईन् । चौधरीका अनुसार प्रशासनले कुनै वास्ता नगरेको साहुको पछ्यमा वकलात गरेको भन्दै दु:ख व्यक्त गरिन साथै पीडितहरुले एक घण्टा पुर्व पश्चिम राजमार्गमा सावारी आवागमन समेत ठप्प पारिदिएका थिए ।

जिल्ला प्रहरी कार्यलयले पक्राउ परेकी फतिमालाई रिहाई गर्ने आश्वासन पछि तत्काललाई धर्ना खुलाइयको छ।
खातुनलाई रिहाइको लागि जिल्ला प्रहरी कार्यलयमा छलफल भैरहेको छ।

प्रतिक्रिया