उखु किसान महेन्द्र राजमार्गमा लमपसार परे

उखुको मूल्य कायम लगायत विभिन्न माग राखेर आन्दोलनरत सर्लाहीका उखु किसान आज (सोमबार) महेन्द्र राजमार्गमा लम्पसार परेका छन् ।

उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलनरत किसान अगूवाहरु हरिवन बजार स्थित महेन्द्र राजमार्गमा लम्पसार परेर सुत्दै विरोध जनाएका हुन् । दिउँसो २ बजेदेखि आधाघण्टा राजमार्गमा लम्पसार परेर विरोध प्रदर्शन गरेका थिए ।

यता उखु किसानका लागि विभिन्न ६ बुँदे माग राख्दै हरिवन नगरपालिका-११ निवासी शेष इस्तिहारले आमरण अनसन सूरु गरेका छन् ।

आज सोमबार बिहान साँढे ११ बजेबाट ईन्दुशंकर चिनी उद्योगको मूलगेट छेउमा अनसन सूरु गरेका हुन् । अनसनकारी इस्तिहारको माग प्रतिक्वीन्टल उखुको ७५० रुपैंया हुनुपर्ने, सरकारले गत सिजनकै दिन बाँकी अनुदान रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, उखुको प्रर्वधन शब्द हटाई नियमानुसार अनुदान रकम सोही आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने, उन्नत जातको उखुको बिउको प्रवन्ध गर्नुपर्ने, कृषि योग्य जमीनमा सिंचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई चाहिने मल खाधको प्रवन्ध गर्नुपर्ने लगायत रहेको छ ।उखुको मूल्य कायम लगायत विभिन्न माग राखेर आन्दोलनरत सर्लाहीका उखु किसान आज (सोमबार) महेन्द्र राजमार्गमा लम्पसार परेका छन् ।
उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलनरत किसान अगूवाहरु हरिवन बजार स्थित महेन्द्र राजमार्गमा लम्पसार परेर सुत्दै विरोध जनाएका हुन् । दिउँसो २ बजेदेखि आधाघण्टा राजमार्गमा लम्पसार परेर विरोध प्रदर्शन गरेका थिए ।
यता उखु किसानका लागि विभिन्न ६ बुँदे माग राख्दै हरिवन नगरपालिका-११ निवासी शेष इस्तिहारले आमरण अनसन सूरु गरेका छन् ।
आज सोमबार बिहान साँढे ११ बजेबाट ईन्दुशंकर चिनी उद्योगको मूलगेट छेउमा अनसन सूरु गरेका हुन् । अनसनकारी इस्तिहारको माग प्रतिक्वीन्टल उखुको ७५० रुपैंया हुनुपर्ने, सरकारले गत सिजनकै दिन बाँकी अनुदान रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, उखुको प्रर्वधन शब्द हटाई नियमानुसार अनुदान रकम सोही आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने, उन्नत जातको उखुको बिउको प्रवन्ध गर्नुपर्ने, कृषि योग्य जमीनमा सिंचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई चाहिने मल खाधको प्रवन्ध गर्नुपर्ने लगायत रहेको छ ।

प्रतिक्रिया