आठ दिने तालीम सम्पन्न

आसमान नेपालले शिक्षकहरुको लागि आठ दिने तालिम सम्पन्न गरेको छ ।
हेम्पेल फाउन्डेसनको आर्थिक तथा स्ट्रीट चाइल्ड अफ नेपालको प्राविधिक सहयोगमा संचालित एवम बागमती नगरपालिकाको समन्वयमा आठदिने तालिम सम्पनन गरेको हो ।
मंंसिर २२ गते बाट सुरु भएको तालीममा पालिकाका प्रतेक स्कुलबाट ३जना र नेपाली ,गणीत र एकीकृत पाठ्यक्रम पढाउने १ जना गरि ३१ जनाको सहभागी भएका थिए ।

प्रविधिको विकाससँगै विद्यालय जस्तो क्षेत्रमा समेत प्रविधिको उत्तम पहुँच र बालबालिकाहरुको मागको विषयलाई केन्द्रीत गर्दै सुरक्षासहित प्रविधिमैत्री कक्षाकोठा सँचालनको लागि समेत तालिममा सिकाइएको आसमान नेपालको जिल्ला संयोजक हरेराम ठाकुरले बताए ।

यस अघि वसवरीया र चक्रघट्टा पालिकामा ६४ जना शिक्षकहरुलाई तालीम दिइएको ठाकुरले बताए ।
यस संस्थाले बालबालिकाहरुको आधारभूत शिक्षा ,स्वास्थ्य तथा पोषण , बालसंंरक्षण,जिविकोपार्जन,प्रकोप व्यवस्थापन तथा सुशासन सम्बन्धि काम गर्दै आइरहेको छ।

तालीममा प्रशिक्षकको रुपमा अरुण कोजु,सुशील थापा र विजय कुशुहवाले सहभागी तालिम प्रदान गर्नु भएको थियो
२२ गते बाट सुरु भएको तालीम उदघाटन बागमती नगरपालिकाको सामाजिक विकास समितिको संयोजक एवम शिक्षा संयोजक राज कुमार बिक को संयोजनमा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख मीन प्रसाद उपाध्ययको प्रमुख अतिथि तालिमको सुरुवात भएको थियोे ।

प्रतिक्रिया