अर्थ र कृषि तथा पसुपन्छि बिकास मन्त्रालय को ब्यानर को पर्तिमा बनाएर किसान ले दहन गरे

उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन सुरु गरेका सर्लाहीका उखु किसानले आज (आईतबार) दिउँसो हरिवनमा संघीय सरकारका अर्थ र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको ब्यानरको प्रतिमा बनाएर दहन (आगो लगाएका ) गरेका छन् कृषि तथा पशुपंक्षी विकास नभई विनास मन्त्रालय तथा अर्थ नभई अनर्थ मन्त्रालयको रुपमा व्यंग्यात्मक ब्यानर प्रदर्शन गर्दै उक्त व्यानर जलाएका हुन् ।

महेन्द्र राजमार्गको कडरिया चोकमा जम्मा भएका किसानले सरकार र चिनी उद्योगी विरुद्द नाराबाजी समेत गरेका छन् । धमाधम उखु काटेर बेच्नुपर्ने बेला सरकारले उखुको मूल्य नतोक्दा किसान निराश बनेका छन् । मूल्य नतोकी मिल नचलाउन किसानले आग्रह गरेपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ सुरु गर्न पाएका छैनन् ।हामी किसान सरकारको भर पर्नाले यस्तो अवस्था आएको हो। यो सरकारले किसानहरुलाई मार्न पाउदैनहामी किसान उखुको उचित मुल्य लिन अब सडक र सदन दुवै तताउन तयार हुँदै छौ ।

चिनीको बढ्दो मूल्य र उखु उत्पादन लागतलाई आधार मानेर यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ पाउनुपर्ने माग राख्दै आन्दोलन गर्दै आइरहेका छन । मंसिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले उखुको मूल्य ५६५ प्रस्ताव गरेपनि अस्वीकार गरिएको मिलगेट उखु उत्पादक समितीले जानकारी दिएको छ ।त्यस्तै, गत वर्ष सरकारले दिनुपर्ने ७० रुपियाँमध्ये अहिलेसम्म २१ रुपियाँ मात्रै प्राप्त भएको र बाँकी ४९ रुपियाँ यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका हुन् । गत वर्ष सरकारी अनुदानसहित उखुको मूल्य ६१० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया