उखुको मूल्य प्रति क्विण्टल ७५० रुपैयाँ कायम गर्न किसानले माग गरेका छन् ।

उखु उत्पादक महासंघ, किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक किसान समितिले बिहीबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाउँदै यो माग राखेको हो ।
उखुको मूल्य कामय गर्दा चिनीको बढेको मूल्य, उखु उत्पादनमा लाग्ने हालको लागत, उखुको सहउत्पादन (मोलासिस, बकास, प्रेसमड, विद्युतलगायत) समेतको आधार गरिनु पर्ने किसानको माग छ । माग बढेको बेला चिनीको भाउ बढाउने र उखु क्रसिङ गर्ने बेला घटाएर किसानलाई कम पैसा दिने उद्योगीको नीतिले मर्का परेको किसानको गुनासो छ ।
प्रमुख जिल्ला अधिकारी काेमलप्रसाद धमलालाई बुझाइएको ज्ञापनपत्रमा गत वर्षको अनुदान वापतको रकम पनि यथाशिघ्र दिन माग गरिएको छ । अनुदान वापतको रकम अझैसम्म सर्लाहीका किसानले पाएका छैनन् ।
मूल्य निर्धारण नभएसम्म चिनी उद्योग संचालन गर्न नदिने किसानले स्पष्ट पारेका छन् । किसानको माग पुरा नभए कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि ज्ञापनपत्रमा दिइएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा किसानसँगै प्रदेश सांसद काैशल किशाेर राय, डिल्ली प्रसाद उप्रेती, गणेश प्रसाद प्रसाईं , हरिमाया घलान,शेख मैबुब रेजा, राम प्रसाद घिमिरे, गोबिन्द मैनाली रामशरण उप्रेती , श्याम बाबू कार्की , मुख चन्द्र महत्त्व ,सुरेश भट्टराई लगायत सहभागी थिए ।

प्रतिक्रिया