अग्रता जोगाउन नसक्दा आर्सनलले अंक बाँड्यो

आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेससँग बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

आर्सनलका लागि सोक्राटिस पपास्टथोपउलोस र डेभिड लुइसले गोल गरेका थिए । यता, क्रिस्टल प्यालेसका लागि मिलिभोजेभिच र जोर्डन अयवले गोल गरेका थिए ।

खेलको सातौं मिनेटमा सोक्राटिसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि खेलको नवौं मिनेटमा नै डेभिडले गोल गर्दै आर्सनललाई २-० गोलको अग्रता दिलाएका थिए । तर खेलको ३२औं र ५२औं मिनेटमा क्रिष्टल प्यालेसले गोल गर्दै २-२ गोलको बराबरीमा खेल टुंग्यायो ।

प्रतिक्रिया